सपनाको संसार ब्लगमा यहाहरुलाइ हार्दीक स्वागत छ

Thursday, January 25, 2007

राजा अचेल इन्टरनेटमा जुवा खेल्न थालेका छन


[25 January 2007]


मोति जयन्तीको अवसर पारेर नेपाल कतार पत्रकार संघले आयोजना गरेको साहित्य वाचनमा वाचीत साहित्यलाई यहाँ राख्ने क्रममा आज सातौ भिडियो राख्दै छु । तर आजको भिडियो चाँही अरु कसैको नभएर आफ्नै परेको छ । एक मित्र कुमार कार्कीको निमन्त्रणालाई स्विकार्दै म उक्त कार्यक्रममा गएको थिँए र एक गजल वाचन गरेको थिँए । गजल मोतिरामले लेख्नेजस्तो सिंगारीक धारमा चाँही छैन । देशको बदलिंदो परीवेश लाई मध्यनजर राख्दै लेखिएको गजललाई कति साथहरुले मन पराउनु भयो भने कतिले इमेल बाट गाली पनि गर्नुभयो त्यस्को लागी मेरो भन्नु केहि छैन्ा । जस जसलाई यो गजल मन परेन अथवा गजल सुनेर चित्त दुख्यो उहँाहरुको लागी यो भिडियो फेरी दोहोर्‍याएर नहर्ेर्ने सल्लाह भन्दा अरु म केहि दिन सक्दीन ।


मै हुँ भन्ने तानाशाहलाई जनताले ढालेका छन ।

उसका हरेक अवशेषलाई उखलेर फालेका छन ।

जनताका छोराले जागीर खोसीदीए पछी ,

राजा अचेल इन्टरनेटमा जुवा खेल्न थालेका छन ।


गजल


तानाशाहका सपनाहरु जल्दैछन बिस्तार बिस्तार

गणतन्त्रका राँकाहरु बल्दैछन बिस्तार बिस्तार

दूइसय सैंतीस वर्षो पुराना ति खम्बाहरु

उन्नाइस दिनको आँधीले ढल्दैछन बिस्तार बिस्तार

जनताका छोरालाई कमजोर नसम्dmनुस हजुर

हजुरका सबै जरा उखल्दैछन बिस्तार बिस्तार

कुन देशमा हो शरण दिने तयार गरेहुन्छ

देशवाट लखेट्ने कुरा चल्दैछन बिस्तार बिस्तार

हजुरलेनै दुध पिलाई पालेका ति साँपहरु

ऐले हजुरतिर विष ओकल्दैछन बिस्तार बिस्तार

परदेशवाट जन्मभुमी चिहाउदा


- कुमार कार्की [25th January 2007]

आज अचानक ! मैले
मेरो जन्मभुमी संझे
मेरो वालपनका कृयाकलापहरु
आँखा भरि नाच्न थाले
त्यो श्रीदले डाँडावाट
प्ारि क्षितिजमा
पोाक्लावाङ्ग वजार नियालेको
अनि तमोर पारि फिदिम वजार
आँखाभरि टल्केको संझे
साँच्ची त्यो श्रीदलेमा
व्ानभोज खाँदाको क्षण
पानी पोखरीमा पौडि खेल्ने
असफल प्रयास गरेको थिए
म्याङ्गलुङ्ग वजारको सेरोफेरोमा हर्’कदैं
माथी तिनजुरे र हरिसेमा फुलेको
रातो लाली गुँरासलाई
मेरो अन्तस्करणमा सजाएको थिए ।
साँच्चि
तिनजुरेमा हिउ फुलेको वेला
चिसो सिरेटो सँग लुकामारी खेल्दै
क्हिले तमोर पुगेको हुन्थे
क्हिले विश्वासको सगरमाथा चढेको हुन्थे
तर आज
मेरो गुँरास म सँग छैन
मेरो वालपन म सँग छैन
मलाइृ दर्शन सिकाउने म्याङ्गलुङ्ग वजार
त्रि्रो सुन्दरता आगोका लप्काहरुले
चिथोरी चिथोरी कुरुप वनाई दियो

मेरो सम्पर्ुण्ा आस्था
त्यहि मेरो जनमभुमीलाई
त्यहि लालीगुँरासलाई
त्यहि खर्कका गोठ
घाँसी र गोठालालाई
जँहा मैले जीवन सिकेको छु
हत्तेरी !
म किन आज यति चाँडै
परिवर्तित भईछु
न त मलाई नागीमा फलेको वुकीले
तिरस्कार गरेको थियो
न त ति मधुर ध्वनि सहित वग्ने
खोलाहरुले अविश्वास गरेको छन् ।

Labels:

पिपल जराले घेरिएको अनौठो मन्दिर



'कही नभएको जात्रा हाँडीगाउँमा ' भन्ने उखान त घेरैलाई थाहा छ तर जात्रा मात्र होइन हाँडीगाउँमा अन्त कतै नभएको भूतेश्वर कृष्ण मन्दिर पनि छ भन्ने चाहिँ कमैलाई मात्र थाहा होला । प्राचीन तथा मध्यकालीन सम्पदाको रुपमा रहेको हाँडीगाउँ भूतेश्वरको कृष्ण मन्दिरलाई पिपलको जराले चारैतर्फाट घेरेको हुनाले यो मन्दिर अनौठो किसिमले सुरक्षित पनि बन्न पुगेको छ। भगवान् कृष्णको मन्दिर टोलैपिच्छे पाइए पनि हाँडीगाउँको कृष्ण मन्दिर अलग्गै बिशेषता छ । यस मन्दिरलाई चारैतर्फबाट पिपलको जराले खाबाँको रुपमा आड दिएको छ ।
त्यसैगरी, मन्दिरको मुख्य मूर्ति रहने भित्री भागमा पनि पिपलको जारले आकर्षण थपेको छ । भगवान् कृष्णको मूल मन्दिरभित्र माथिल्तिर शिखरशैलीमा पपिलका हाँगाहरु फैलिएर मन्दिरको भित्री भागलाई समेत शोभायमान बनाएको छ ।
यहाँ रहेको पिपलको रुखको उत्पत्तिको बारेमा स्थानीयवासीहरु भगवान उपस्थिति ठान्दछन्।
सो मन्दिरको अगाडि इन्द्रजात्राको समयमा लिङ्गो ठड्याउने कार्य गरिन्छ भने स्थानीयबासीले आ-आफ्नो आराध्यदेवको रुपमा कृष्ण मन्दिरमा पूजाआजा गर्ने चलन छ।
त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका विभागीय प्रमुख प्राध्यापक मुकुन्दराज अर्यालका अनुसार जयप्रकाश मल्लको अन्तिम समयमा कृष्ण भगवानको दुईवटा मूर्ति फेला परेका थिए । त्यसमध्ये एउटा लाजिम्पाट धोबीचौकमा पाइएको छ भने अर्को यस हाँडीगाउँ क्षेत्रमा पाइएको छ । त्यो त्यहिमध्येको एक मूर्ति हो ।
पिपलको रुख हिन्दु संस्कारमा भगवान् बिष्णुको रुप भएकोले र भगवान् कृष्णलाई बिष्णुले छहरा दिएको शुभ मानिने भएकाले सो पिपलको बोट काट्न नमिलेको स्थानीयबासी बताउँछन्। पिपलको रुख धार्मीक , सांस्कृतिक एवं प्राकृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ भने मन्दिरको भित्रको कृष्णलाई भगवानको मूर्तिलाई कुनै नोक्सानी गरेको छैन । कृष्ण मन्दिरमाथि रहेको रुख काट्न नहुने हुनाले त्यतिकै राखिएको हो स्थानिय बासिन्दा नजरमान डंगोल बताउनुहुन्छ ।
वि.सं २०५९ मा गठित विशालनगर हाँडीगाउँ सम्पदा समाजले वडा नं ५ भित्रको कला ,संस्कृति, धर्मको विकास र संरक्षण गर्ने भएको छ । यस सम्पदासमाजले वडां ५ भित्रको कला , संस्कृति, धर्मको विकास र संरक्षण गर्ने क्रममा अग्रणी भूमिका निर्वाह गरेको र यसका लागि गुरुयोजना तयार भइसकेको सम्पदासमाजका संस्थापक सदस्य डा. यज्ञनाथ आचार्यले बताउनुहुन्छ। हाँडीगाउँ भूतेशवर कृष्ण मन्दिरको सुधार र संरक्षण आवश्यक देखिएको छ । तर यो मन्दिरलाई कुनै रुपबाट पनि हेरफेर गर्दा यसको प्राकृतिक सौदर्न्य बिग्रने हुनाले सो कार्य कठिन रहेको काठमाण्डौँ महानगरपालिकाका वडा न. ५ का अध्यक्ष सुखराम महर्जनले बताउनभयो।
यस मन्दिरमा हरेक वर्ष भाद्रकृष्ण अष्टमी पर्वका दिनमा हाँडीगाँउ क्षेत्र वरिपरिबाट विशेष भक्तजनहरुको घुइँचो लाग्दछ। सो मन्दिरमा पुजारी छैनन् ।मन्दिर हरसमय खुल्ला रहने गरेका कारण भक्तजनहरुलाई दर्शन गर्न सजिलो छ। मन्दिरको सामान्य जीर्णोद्धारमा स्थानीय वासिन्दा सक्रिय छन् । सो मन्दिरमा रहेको पुरानो घण्टी फुटेकाले नयाँ घण्टी सथानीय वासिन्दाले राख्नका साथै मन्दिरका पेटी वडावासीहरुले बनाएको उहाँ बताउनुहुन्छ। सो मन्दिरलाई व्यवस्थीत रुपले घेरेर राख्ने ढोका बनाएर व्यवस्थित गर्ने कार्य चाँडै गर्नुपर्ने धारणा व्यक्त गर्दै मन्दिरको प्रांगणमा तास खेल्ने, लुगा सुकाउने, कार्य रोक्नपर्ने हाडीगाउँ सम्पदा समाजका सचिव एवं कोषाध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो ।
हाँडीगाउँ क्षेत्र लिच्छवीकालीन शहर भएको हुदाँ अन्य देवदेवीसरह कृष्णको मन्दिरको पनि संरक्षण गर्नपर्ने आवश्यकता डा. यज्ञनाथ आचार्य औँल्याउनुहुन्छ ।

Labels:



Reecha Sharma Tiwari
विपन्न महिलाको बैँक ´ग्रामीण विकास बैंक´
आर्थिक विपन्नताका कारण आफनो ५ जनाको परिवारको लागि विहान बेलुको छाक टार्न हम्मे पर्ने बाँके बाँसगढीको सुकदेवी पहिला ज्यादै चिन्तित थिइन् । न श्रीमानले धेरै पढेका, न आफूले नै। कहिले माछा मारेर त कहिले अरुको घरमा काम गरेर जोहो गर्ने गर्दा पनि आर्थिक भार कम भएन। एकदिन उनले ग्रामीण विकास बैँक नाम सुनिन्। आफू जस्तै दु:ख खेपिरहेका साथीहरूसँगै उनी ग्रामीण विकास बैँकको समुह कार्यक्रम हेर्न भनी उनी बासँगढी केन्द्रमा गइन् । त्यहाँ उनले लघुवित्त कार्यक्रमको बारेमा राम्ररी कुरा बुझिन्। उनलाई पनि त्यो कार्यक्रम मनपर्यो र उनी त्यस कार्यक्रमको सदस्य बनी ऋण लिएर आफ्नो जीवनस्तर उकास्न विभिन्न आयमुलक, सीपमुलुक काम सिकेर काम गरी आफनो घर परिवार चलाउन थालिन्।
नेपाल जहाँ करिब ४५ प्रतिशत गरीबीको रेखामुनी रहेको छ, यहाँ पिछडिएको वर्गका महिलकाहरुको आर्थिक स्थिति उकास्नका निम्ति ग्रामीण बैँक बंगलादेशको अनुशरण गरी र्सवप्रथम वि.स २०४९ सालमा ग्रामीण बैकिङ्ग पद्धतिको शुरुवात भएको हो। सरकारी निति, नियम अनुसार तीन चरणमा पाँचै विकास क्षेत्रमा यो बैँक स्थापना गरिएको छ। र्सवप्रथम आ.व ०४९/०५० मा पुर्वाञ्चल ग्रामीण विकास बैँक विराटनगरमा र सुदुर पश्चिमाञ्चल ग्रामीण विकास बैँक धनगढीमा स्थापना गरिएको हो। त्यसै गरी दोस्रो चरणमा भने आ.व ०५१/०५२ मा पश्चिमाञ्चल ग्रामीण विकास बैँक बुटवलमा र मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैँक नेपालगञ्जमम र अन्तिम चरणमा भने आ.व०५३/०५४ मा मध्यमाञ्चल ग्रामीण विकास बैँक जनकपुरमा स्थापना भएको हो ।
ग्रामीण विपन्न महिलाहरुलाई स्वालम्बन एवं आत्मनिर्भर बनाउन बैँकले विभिन्न कार्यक्रमको विस्तार गर्दै आएको छ । नेपाल सरकार बाट १ जना, नेपाल राष्ट्र बैँक बाट ४ जना नेपाल सरकार, नेपाल राष्ट्र बैँक, राष्ट्रिय वाणिज्य बैँकबाट १ , नेपाल एसबिआई बैँकबाट १ जना गरी जम्मा ७ जना शेयरधनी संस्थाहरु संगठित भएर यो बैँकको संञ्चालक समिति को स्थापना भएको हो भने बेकका कार्यकारी निर्देशकको अवधि ४ वर्षको हुनेछ ।
त्यसैले पूर्ण रुपमा जनताको बैँक भएकोले यो बैँकलाई गरिबको बैँक भन्नु गलत नहोला । यो बैँक महिलाहरुको आर्थिक संरक्षणकर एवं सबैको निम्ति नमुना भएको छ ।
बैँकले समाजका न्युन भन्दा पनि अति न्युन आय भएका वर्गलाई विषेशत पिछडिएका महिलाहरुका निम्ति विभिन्न बैँकिङ सुविधा प्रदान गर्ने, विना धितो समुहको जमानीमा कर्जा लगानी गर्ने, लघु कर्जाको माध्यमबाट ग्रामीण क्षेत्रमा आय मुलक स्वरोजगार अवसर प्रदान गर्ने, आयस्तर बढाउने, नियमीत बचत गर्ने बानी बसाल्ने, सामुदायिक भावनाको विकास गर्ने, समुहमा अनुशासन कायम गने, वित्तिय सुधार गर्ने गरी बैँकले तराईमा १ विगाहा र पहाडमा १० रोपनी भन्दा कम जग्गा भएका ग्रामीण विपन्न परिवारलाई आम्दानी बढाउने, स्वरोजगार बनाई व्यवसायमा कर्जा प्रवाह गर्ने र र्सवसुलभ तरिकाले विपन्न जनताको आर्थिक स्तर उकास्न अघि बढ्न मद्दत गर्ने आदि जस्ता थुप्रै लक्ष्य बोकेर यसै अनुरुप कार्य सञ्चालन गरेको छ।
कर्जा लगानीकर्तालाई बचतसँग आबद्ध गरी समुह सदस्यहरुमा वचत गर्ने बानीको विकास गराउने बैँकको उद्धेश्य अनुरुप बैँकले समुहकोष को रुपमा अनिवार्य वचत र व्यक्तिगत वचत गरी दुई समुह को गठन गरेको छ। यसै गरी प्रत्येक बैँकले आफनो समुहलाई २±२±१ Ö ५ को कर्जा वितरण प्रकृया अनुसार ऋण प्रदान गर्ने गर्दछ भने ५ जनाको एक समुह र २ देखि ८ समुहको एउटा केन्द्रको स्थापना गरी कर्जा प्रवाह गर्ने नियम निर्माण गरेको छ । साथै यस बैँकले विशेष गरी ६ वटा समुहमा कजा प्रवाह गर्ने गर्दछ जसमा साधारण कर्जा, मौसमी कर्जा, हातनेल कर्जा, शौचालय कर्जा, संयुक्त परियोजना कर्जा र समुह कोष गरी विभाजन गरिएको छ ।
बैँकले समुहका महिलाहरुलाई विभिन्न सीपमुलक ,आयमुलक ,आदी कार्यहरुबाट आर्थिक विपन्नता हटाउन एवं आत्मनिर्भर बनाउन उनीहरुको नै समुहकोष बाट प्रदान गरेको सो आर्थिक ऋणहरु असुली गर्न प्रत्येक गाँउमा एउटा केन्द निर्माण गरी शाखा कार्यलयबाट एकजना फिल्ड सहायक नियुक्त गरी फिल्डमा पठाइन्छ । उक्त फिल्डमा आउनु अघि उनीहरुलाई कार्यक्रम सम्बन्धी,बैकिंग कार्य र साधारण साक्षरता का निम्ति अनौपचारीक कक्षा समेत दिइन्छ । त्यसरी तालीम प्राप्त भएपछि समुहमा महिलाहरु जम्मा भई आफना समस्याहरु प्ोश गर्नका साथै समयमा ऋण चुक्ता गर्ने गर्दछन् ।
यसरी बैँक बाट ऋण लिएका महिलाहरुले कसैले पशुपालन गर्ने , पसल खोल्ने , तरकारी खेती गर्ने ,आदिजस्ता आयमुलक ,सीपमुलक व्यवसाय गरी बजारमा विक्रि वितरण गरी आफनो जीवनस्तर बढाएका छन् ।
यसरी बैँकले विभिन्न रुपले सेवा प्रदान गरेता पनि अझै पनि यो बैँक आफनो लक्ष्यमा पुग्न नसकेको कारण विभिन्न रहेका छन् जस्तो कतिपय माओवादी इलाकाहरुमा ऋण असुली गर्न मुश्किल पर्नु । बैँकहरु समयसमयमा लुटिनु आदि जस्ता कार्यले यो कार्यक्रम विस्तारमा समस्याहरु देखापरेको छ भने कतिपय ठाँउहरुमा महिलाहरुले आफना बजार व्यस्थापन उचीत नभएर उचीत बजार नपाउनाले ,भौतीक पर्ुवाधारमा कमी ,बैँकको विभिन्न सघंसस्थाहरु सँग्ा दोहोरो समन्वय तथा दोहोरो कर्जाका कारण र समयमा ऋण असुलीमा नहुनाले, ऋणको भाखा ज्यादै लामो समयसम्म नाघेको स्थिीतीमा ,देशको आर्थिक स्तर खस्केको अवस्थामा कम पुँजीको समस्या भएको र पहाडी क्षेत्र र दर्ुगम क्ष्ेात्रमा यो कार्यक्रम पर्ुण्ारुपमा विस्तार हुन नसक्नाले पहाडी भेगका महिलाहरु तर्राईका महिलाहरु भन्दा बढि विपन्न वर्गमा परेको देखिएको छ ।
पहाडी इलाकाहरुमा कुनै एउटा स्थानमा केन्द स्थापना गरेता पनि यातायात र बाटोघाटोको अवस्थाका कारण यो कार्यक्रम फस्टाउन सकेको छैन ।त्यसै पहाडि इलाकामा भन्दा आजसम्म विषेशत यी कार्यक्रमहरु तर्राईमा नै बढी प्रभावकारी देखिएको छ ।
त्यसैले अब यो कार्यक्रमलाई पहाडी इलाकामा पुर्याउनका निम्ति जोड दिन सरोकारवालाहरु जागरुक हुनु आवश्यक देखिन्छ । अब त देशमा माओवादी समस्याको समाधानोन्मुख भएकाले शायद यो कार्यक्रम पहाडी र तराई इलाकामा अझै विस्तार हुन सक्ने सम्भावना रहला कि !