सपनाको संसार ब्लगमा यहाहरुलाइ हार्दीक स्वागत छ

Sunday, April 1, 2007

गजल

कृष्ण के सी "छाल"
अजा भोली आफै सँग कुरा गर्ने मन लाग्छ
बसी रा”को ठाँउबाट टाढा टाढा सर्ने मन लाग्छ

फुल हेर्छु फुल राम्रो जुन हेर्छु जुन झनै राम्रो लाग्छ
आप्सरा लाई स्वर्गको आगनबाट हर्ने मन लाग्छ

एकान्तमा एक्लै बस्दा समयले जिस्काउदै पिछा गर्छ
रिसको भुमरीलाई शान्त पार्न सागर पारी तर्ने मन लाग्छ

हावाको बेग सँग बग्छु भन्दा जुनको सुन्दरतामा अल्झी रहे
त्यसैले घर्तीमा सुर्यको पहिलो किरण भनी झर्ने मन लाग्छ

माया र प्रेम त संसारको रित हो रे भन्ने कुरा सुनेको छु
यही रित बदल्नलाई धर्ती भरी प्रेमको बिज छर्ने मन लाग्छ
Pala 2 kahara,baglung
now:chhalkri@yahoo.com