सपनाको संसार ब्लगमा यहाहरुलाइ हार्दीक स्वागत छ

Wednesday, April 4, 2007

सबैले लेख्छन्, पिउँदाको गजल ।
खोइ दमनमा जिउँदाको गजल ।

भारदारहरू अल्झिइरहे स्तुतिमा ,
छैन स्वभिमान सिउँदाको गजल ।

बहकिनु मात्र हुन्न चाहिँदो रै’छ ,
यी दसनङ्ग्रा खियाउँदाको गजल ।

मौन बस्ता हेप्छन् अझ, बोल अब
साँचो र सत्य चियादाको गजल ।

बोल्न थालौँ, लेख्‍न थालौँ, गाउन थालौँ ।
बिहानी अर्कै ल्याउँदाको गजल ।
बेथा प्रान्जल

*-मिसरा—गजलको हरफ वा पंक्ति मिसरा हो ।
*- शेर—गजलका दुइ मिसराको एक ईकाइ हुन्छ । यसमा माथिल्लो मिसरालाई मिसरा त-उला र तल्लो मिसरालाई मिसरा त-सानी भनिन्छ ।
*- काफिया – गजलको प्रथम शेरको दुई मिसरामा नै त्यस पछिको शेरहरुमा तल्लो तल्लो मिसरामात्र प्रयोग हुने परिबर्तित अन्त्यानुप्रयास हो । बिना काफिया गजल रचनाको परिकल्पना गर्न सकिन्न ।
*- रदिफ—गजलमा प्रथम शेरका दुई मिसरामा र त्यस पछिका शेरहरुमा तल्लो तल
29 मा NRNको साधारंणसभा says:
*- मतला—यो गजलको प्रथम शेर हो । मतलाका दुइ नै मिसरामा काफिया र रदिफ प्रयोग हुन्छ । काफिया अनिबार्य हुन्छ तर रदिफ नहुदा पनि फरक पर्दैन । गजलमा कहिलेकाही मतला एक भन्दा बढि हुनसक्छन ।यहा दोश्रो मतलालाई मतला र सानी अथवा हुस्न त मतला भनिन्छ ।
*-मुसलसल गजल—ग
जलका सबै शेरहरु एउटै भावमा लेखिएको छ भने त्यस खाले गजललाई मुसलसल गजल भनिन्छ ।
*-गैह्र मुसलसल गजल – *-
यदि गजलका शेरहरु फरक फरक भावमा लेखीएका छन भने त्यस प्रकारको गजललाई गैह्र मुसलसल गजल भनिन्छ .

बेथा प्रान्जल
जापान