सपनाको संसार ब्लगमा यहाहरुलाइ हार्दीक स्वागत छ

Wednesday, January 24, 2007

अपुरो सपना


जीवनमा एउटा सपना थियो
तिमीले साथ दिन्छौ भन्ने
तर, तिमी अनन्तमा बिलाईगयौ
सपना मेरो अपुरो भयो

तिमीबाट माया पाउँछु कि भन्ने आश थियो
तर घृणाको छिटाले जीवन नै मैलिगयो
तिमीसँगको रंगिन पल चाहेको थिएँ
तर निराशाको बादलले घेरिदियो

एकलास सुन्यतामा भौतारिरहेछु
केवल तिम्रो मायाको आशमाधेरै खोजेँ तिम्रो जीवनमा बहार ल्याउन
तर, अब त आफै नै उजाड भएको छु।

अपुरो सपना

जीवनमा एउटा सपना थियो
तिमीले साथ दिन्छौ भन्ने
तर, तिमी अनन्तमा बिलाईगयौ
सपना मेरो अपुरो भयो

तिमीबाट माया पाउँछु कि भन्ने आश थियो
तर घृणाको छिटाले जीवन नै मैलिगयो
तिमीसँगको रंगिन पल चाहेको थिएँ
तर निराशाको बादलले घेरिदियो

एकलास सुन्यतामा भौतारिरहेछु
केवल तिम्रो मायाको आशमा
धेरै खोजेँ तिम्रो जीवनमा बहार ल्याउन
तर,
अब त आफै नै उजाड भएको छु।

मेरो पीडा

मैले भोगेको पीडाको
तिमीले आभास सम्म पाएनौ
घाउहरू पोलिरहेछ
न्तिमीले मलम पनि लगाएनौ

ढुङ्गाको देवता

धेरै गरेँ तिम्रो निम्ति त्यो ढुङ्गाको
पूजासबै कष्ट हरण गर्ने भगवान सम्झेर
तर जीवनमा पीडा मात्र पाएँ
त्यसैले त म भन्छु
तथाकथित भगवान् ढुङ्गा पो रहेछ
ढुङ्गा न हो
कसैले पुज्दैमा देवता बन्छ र
न मन छ न बिश्वास छ
एक टक सिन्दुर औँलामा औँठी
अनि,
गलामा माला लगाउँदैमा
दुई मनको बिहे कहाँ हन्छ र
यदि त्यँहा बिश्वास र प्रेम नै छैन
भने अनि,
सारा भगवान् साक्षी राखेर गरेको
त्यो पवित्र बिहेको के महत्व
त्यसैले त म भन्छु
सँधै दुख सहने हो
भने त्यो भगवानको
के महत्व