पिपल जराले घेरिएको अनौठो मन्दिर
'कही नभएको जात्रा हाँडीगाउँमा ' भन्ने उखान त घेरैलाई थाहा छ तर जात्रा मात्र होइन हाँडीगाउँमा अन्त कतै नभएको भूतेश्वर कृष्ण मन्दिर पनि छ भन्ने चाहिँ कमैलाई मात्र थाहा होला । प्राचीन तथा मध्यकालीन सम्पदाको रुपमा रहेको हाँडीगाउँ भूतेश्वरको कृष्ण मन्दिरलाई पिपलको जराले चारैतर्फाट घेरेको हुनाले यो मन्दिर अनौठो किसिमले सुरक्षित पनि बन्न पुगेको छ। भगवान् कृष्णको मन्दिर टोलैपिच्छे पाइए पनि हाँडीगाउँको कृष्ण मन्दिर अलग्गै बिशेषता छ । यस मन्दिरलाई चारैतर्फबाट पिपलको जराले खाबाँको रुपमा आड दिएको छ ।
त्यसैगरी, मन्दिरको मुख्य मूर्ति रहने भित्री भागमा पनि पिपलको जारले आकर्षण थपेको छ । भगवान् कृष्णको मूल मन्दिरभित्र माथिल्तिर शिखरशैलीमा पपिलका हाँगाहरु फैलिएर मन्दिरको भित्री भागलाई समेत शोभायमान बनाएको छ ।
यहाँ रहेको पिपलको रुखको उत्पत्तिको बारेमा स्थानीयवासीहरु भगवान उपस्थिति ठान्दछन्।
सो मन्दिरको अगाडि इन्द्रजात्राको समयमा लिङ्गो ठड्याउने कार्य गरिन्छ भने स्थानीयबासीले आ-आफ्नो आराध्यदेवको रुपमा कृष्ण मन्दिरमा पूजाआजा गर्ने चलन छ।
त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका विभागीय प्रमुख प्राध्यापक मुकुन्दराज अर्यालका अनुसार जयप्रकाश मल्लको अन्तिम समयमा कृष्ण भगवानको दुईवटा मूर्ति फेला परेका थिए । त्यसमध्ये एउटा लाजिम्पाट धोबीचौकमा पाइएको छ भने अर्को यस हाँडीगाउँ क्षेत्रमा पाइएको छ । त्यो त्यहिमध्येको एक मूर्ति हो ।
पिपलको रुख हिन्दु संस्कारमा भगवान् बिष्णुको रुप भएकोले र भगवान् कृष्णलाई बिष्णुले छहरा दिएको शुभ मानिने भएकाले सो पिपलको बोट काट्न नमिलेको स्थानीयबासी बताउँछन्। पिपलको रुख धार्मीक , सांस्कृतिक एवं प्राकृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ भने मन्दिरको भित्रको कृष्णलाई भगवानको मूर्तिलाई कुनै नोक्सानी गरेको छैन । कृष्ण मन्दिरमाथि रहेको रुख काट्न नहुने हुनाले त्यतिकै राखिएको हो स्थानिय बासिन्दा नजरमान डंगोल बताउनुहुन्छ ।
वि.सं २०५९ मा गठित विशालनगर हाँडीगाउँ सम्पदा समाजले वडा नं ५ भित्रको कला ,संस्कृति, धर्मको विकास र संरक्षण गर्ने भएको छ । यस सम्पदासमाजले वडां ५ भित्रको कला , संस्कृति, धर्मको विकास र संरक्षण गर्ने क्रममा अग्रणी भूमिका निर्वाह गरेको र यसका लागि गुरुयोजना तयार भइसकेको सम्पदासमाजका संस्थापक सदस्य डा. यज्ञनाथ आचार्यले बताउनुहुन्छ। हाँडीगाउँ भूतेशवर कृष्ण मन्दिरको सुधार र संरक्षण आवश्यक देखिएको छ । तर यो मन्दिरलाई कुनै रुपबाट पनि हेरफेर गर्दा यसको प्राकृतिक सौदर्न्य बिग्रने हुनाले सो कार्य कठिन रहेको काठमाण्डौँ महानगरपालिकाका वडा न. ५ का अध्यक्ष सुखराम महर्जनले बताउनभयो।
यस मन्दिरमा हरेक वर्ष भाद्रकृष्ण अष्टमी पर्वका दिनमा हाँडीगाँउ क्षेत्र वरिपरिबाट विशेष भक्तजनहरुको घुइँचो लाग्दछ। सो मन्दिरमा पुजारी छैनन् ।मन्दिर हरसमय खुल्ला रहने गरेका कारण भक्तजनहरुलाई दर्शन गर्न सजिलो छ। मन्दिरको सामान्य जीर्णोद्धारमा स्थानीय वासिन्दा सक्रिय छन् । सो मन्दिरमा रहेको पुरानो घण्टी फुटेकाले नयाँ घण्टी सथानीय वासिन्दाले राख्नका साथै मन्दिरका पेटी वडावासीहरुले बनाएको उहाँ बताउनुहुन्छ। सो मन्दिरलाई व्यवस्थीत रुपले घेरेर राख्ने ढोका बनाएर व्यवस्थित गर्ने कार्य चाँडै गर्नुपर्ने धारणा व्यक्त गर्दै मन्दिरको प्रांगणमा तास खेल्ने, लुगा सुकाउने, कार्य रोक्नपर्ने हाडीगाउँ सम्पदा समाजका सचिव एवं कोषाध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो ।
हाँडीगाउँ क्षेत्र लिच्छवीकालीन शहर भएको हुदाँ अन्य देवदेवीसरह कृष्णको मन्दिरको पनि संरक्षण गर्नपर्ने आवश्यकता डा. यज्ञनाथ आचार्य औँल्याउनुहुन्छ ।
Labels: Reecha Sharma Tiwari
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home