सपनाको संसार ब्लगमा यहाहरुलाइ हार्दीक स्वागत छ

Monday, April 2, 2007

Song

मुटु झिकी देखाईदियौ घाउ कति गहिरो छ
तिम्रै जस्तो मेरो पनि छातिभित्र पहिरो छ
खसेको छु तल तल आफ्नै मनको भिरैभिर
सक्ने भए रोईदिन्थें तिम्रो पनि सबै पिर ।

कति मनका घाउहरु समयले छोपिदिन्छ
कति मनमा घाउ अझै समयले खोपिदिन्छ
जे गरे नि भोग्नै पर्छ निधारमा लेखेजति
कहाँ पाईन्छ र खुशी मात्रै मनले देखेजति ।

सयौं मुटु तिमी र म भन्दा धेरै दुखेका छन
हजार जीवन हामी भन्दा झनै धेरै झुकेका छन
तिमीले जित्ने भए मेरो जिन्दगी म हारिदिन्थें
मेरै मनमा तिम्रा सबै दुखाईहरु सारिदिन्थें ।

My best written by song of jadit deepak

Ghazal

माया त बस्यो फेरी किन छुट्नु पर्दो होला
केही क्षण बिछोडदिदैमा किन आसु झर्दोहोला
चोखै माया लाए पनि किन बिछोड हुन्छ होला
उनिलाइ नै सम्झी सम्झी यो मन किन रुन्छ होला?


तिम्रो सम्झनाले मलाई तड्पाइ तड्पाइ मार्ने भयो
सुख्खा यि नयन हरुमा साउने झरि झार्ने भयो
यो मन सार्है खुशी हुन्छ सपनिमा आइदिदा
फेरी यो मन रोइ दिन्छ बिपनि मा नपाई दिदा
Navin B.K

China

Ghazal

तिम्रा आँखाका नानीहरुमा यसै गरि झल्किन पाउ
तिम्रा मोति दन्तहरुमा सधै भरि टल्किन पाउ

तिम्रो लालि ओठ्हरुले सधै मलाई रोजिरहून्
तिम्रा बैशालु अङ्गहरु पल् पल् मलाइ खोजिरहून्
हराउन चाहन्छु म तिम्रो कालो केशमा
लैजान चाहन्छु तिमीलाई परीहरुको देशमा

चुर्लुम्म डुबाउ मलाइ तिम्रो बैशालु योवनमा
तिमीमै बिलाउन चाहन्छु पलभरको जीवनमा मा
चुम्न देउ यी ओठ्हरुलाई तिम्रा पिडाका आँसुहरु
हाँस्न देउ यी ओठ्हरुलाई तिम्रा खुशीका हाँसोहरु
Navin B.K