सपनाको संसार ब्लगमा यहाहरुलाइ हार्दीक स्वागत छ

Thursday, January 25, 2007



Reecha Sharma Tiwari
विपन्न महिलाको बैँक ´ग्रामीण विकास बैंक´
आर्थिक विपन्नताका कारण आफनो ५ जनाको परिवारको लागि विहान बेलुको छाक टार्न हम्मे पर्ने बाँके बाँसगढीको सुकदेवी पहिला ज्यादै चिन्तित थिइन् । न श्रीमानले धेरै पढेका, न आफूले नै। कहिले माछा मारेर त कहिले अरुको घरमा काम गरेर जोहो गर्ने गर्दा पनि आर्थिक भार कम भएन। एकदिन उनले ग्रामीण विकास बैँक नाम सुनिन्। आफू जस्तै दु:ख खेपिरहेका साथीहरूसँगै उनी ग्रामीण विकास बैँकको समुह कार्यक्रम हेर्न भनी उनी बासँगढी केन्द्रमा गइन् । त्यहाँ उनले लघुवित्त कार्यक्रमको बारेमा राम्ररी कुरा बुझिन्। उनलाई पनि त्यो कार्यक्रम मनपर्यो र उनी त्यस कार्यक्रमको सदस्य बनी ऋण लिएर आफ्नो जीवनस्तर उकास्न विभिन्न आयमुलक, सीपमुलुक काम सिकेर काम गरी आफनो घर परिवार चलाउन थालिन्।
नेपाल जहाँ करिब ४५ प्रतिशत गरीबीको रेखामुनी रहेको छ, यहाँ पिछडिएको वर्गका महिलकाहरुको आर्थिक स्थिति उकास्नका निम्ति ग्रामीण बैँक बंगलादेशको अनुशरण गरी र्सवप्रथम वि.स २०४९ सालमा ग्रामीण बैकिङ्ग पद्धतिको शुरुवात भएको हो। सरकारी निति, नियम अनुसार तीन चरणमा पाँचै विकास क्षेत्रमा यो बैँक स्थापना गरिएको छ। र्सवप्रथम आ.व ०४९/०५० मा पुर्वाञ्चल ग्रामीण विकास बैँक विराटनगरमा र सुदुर पश्चिमाञ्चल ग्रामीण विकास बैँक धनगढीमा स्थापना गरिएको हो। त्यसै गरी दोस्रो चरणमा भने आ.व ०५१/०५२ मा पश्चिमाञ्चल ग्रामीण विकास बैँक बुटवलमा र मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैँक नेपालगञ्जमम र अन्तिम चरणमा भने आ.व०५३/०५४ मा मध्यमाञ्चल ग्रामीण विकास बैँक जनकपुरमा स्थापना भएको हो ।
ग्रामीण विपन्न महिलाहरुलाई स्वालम्बन एवं आत्मनिर्भर बनाउन बैँकले विभिन्न कार्यक्रमको विस्तार गर्दै आएको छ । नेपाल सरकार बाट १ जना, नेपाल राष्ट्र बैँक बाट ४ जना नेपाल सरकार, नेपाल राष्ट्र बैँक, राष्ट्रिय वाणिज्य बैँकबाट १ , नेपाल एसबिआई बैँकबाट १ जना गरी जम्मा ७ जना शेयरधनी संस्थाहरु संगठित भएर यो बैँकको संञ्चालक समिति को स्थापना भएको हो भने बेकका कार्यकारी निर्देशकको अवधि ४ वर्षको हुनेछ ।
त्यसैले पूर्ण रुपमा जनताको बैँक भएकोले यो बैँकलाई गरिबको बैँक भन्नु गलत नहोला । यो बैँक महिलाहरुको आर्थिक संरक्षणकर एवं सबैको निम्ति नमुना भएको छ ।
बैँकले समाजका न्युन भन्दा पनि अति न्युन आय भएका वर्गलाई विषेशत पिछडिएका महिलाहरुका निम्ति विभिन्न बैँकिङ सुविधा प्रदान गर्ने, विना धितो समुहको जमानीमा कर्जा लगानी गर्ने, लघु कर्जाको माध्यमबाट ग्रामीण क्षेत्रमा आय मुलक स्वरोजगार अवसर प्रदान गर्ने, आयस्तर बढाउने, नियमीत बचत गर्ने बानी बसाल्ने, सामुदायिक भावनाको विकास गर्ने, समुहमा अनुशासन कायम गने, वित्तिय सुधार गर्ने गरी बैँकले तराईमा १ विगाहा र पहाडमा १० रोपनी भन्दा कम जग्गा भएका ग्रामीण विपन्न परिवारलाई आम्दानी बढाउने, स्वरोजगार बनाई व्यवसायमा कर्जा प्रवाह गर्ने र र्सवसुलभ तरिकाले विपन्न जनताको आर्थिक स्तर उकास्न अघि बढ्न मद्दत गर्ने आदि जस्ता थुप्रै लक्ष्य बोकेर यसै अनुरुप कार्य सञ्चालन गरेको छ।
कर्जा लगानीकर्तालाई बचतसँग आबद्ध गरी समुह सदस्यहरुमा वचत गर्ने बानीको विकास गराउने बैँकको उद्धेश्य अनुरुप बैँकले समुहकोष को रुपमा अनिवार्य वचत र व्यक्तिगत वचत गरी दुई समुह को गठन गरेको छ। यसै गरी प्रत्येक बैँकले आफनो समुहलाई २±२±१ Ö ५ को कर्जा वितरण प्रकृया अनुसार ऋण प्रदान गर्ने गर्दछ भने ५ जनाको एक समुह र २ देखि ८ समुहको एउटा केन्द्रको स्थापना गरी कर्जा प्रवाह गर्ने नियम निर्माण गरेको छ । साथै यस बैँकले विशेष गरी ६ वटा समुहमा कजा प्रवाह गर्ने गर्दछ जसमा साधारण कर्जा, मौसमी कर्जा, हातनेल कर्जा, शौचालय कर्जा, संयुक्त परियोजना कर्जा र समुह कोष गरी विभाजन गरिएको छ ।
बैँकले समुहका महिलाहरुलाई विभिन्न सीपमुलक ,आयमुलक ,आदी कार्यहरुबाट आर्थिक विपन्नता हटाउन एवं आत्मनिर्भर बनाउन उनीहरुको नै समुहकोष बाट प्रदान गरेको सो आर्थिक ऋणहरु असुली गर्न प्रत्येक गाँउमा एउटा केन्द निर्माण गरी शाखा कार्यलयबाट एकजना फिल्ड सहायक नियुक्त गरी फिल्डमा पठाइन्छ । उक्त फिल्डमा आउनु अघि उनीहरुलाई कार्यक्रम सम्बन्धी,बैकिंग कार्य र साधारण साक्षरता का निम्ति अनौपचारीक कक्षा समेत दिइन्छ । त्यसरी तालीम प्राप्त भएपछि समुहमा महिलाहरु जम्मा भई आफना समस्याहरु प्ोश गर्नका साथै समयमा ऋण चुक्ता गर्ने गर्दछन् ।
यसरी बैँक बाट ऋण लिएका महिलाहरुले कसैले पशुपालन गर्ने , पसल खोल्ने , तरकारी खेती गर्ने ,आदिजस्ता आयमुलक ,सीपमुलक व्यवसाय गरी बजारमा विक्रि वितरण गरी आफनो जीवनस्तर बढाएका छन् ।
यसरी बैँकले विभिन्न रुपले सेवा प्रदान गरेता पनि अझै पनि यो बैँक आफनो लक्ष्यमा पुग्न नसकेको कारण विभिन्न रहेका छन् जस्तो कतिपय माओवादी इलाकाहरुमा ऋण असुली गर्न मुश्किल पर्नु । बैँकहरु समयसमयमा लुटिनु आदि जस्ता कार्यले यो कार्यक्रम विस्तारमा समस्याहरु देखापरेको छ भने कतिपय ठाँउहरुमा महिलाहरुले आफना बजार व्यस्थापन उचीत नभएर उचीत बजार नपाउनाले ,भौतीक पर्ुवाधारमा कमी ,बैँकको विभिन्न सघंसस्थाहरु सँग्ा दोहोरो समन्वय तथा दोहोरो कर्जाका कारण र समयमा ऋण असुलीमा नहुनाले, ऋणको भाखा ज्यादै लामो समयसम्म नाघेको स्थिीतीमा ,देशको आर्थिक स्तर खस्केको अवस्थामा कम पुँजीको समस्या भएको र पहाडी क्षेत्र र दर्ुगम क्ष्ेात्रमा यो कार्यक्रम पर्ुण्ारुपमा विस्तार हुन नसक्नाले पहाडी भेगका महिलाहरु तर्राईका महिलाहरु भन्दा बढि विपन्न वर्गमा परेको देखिएको छ ।
पहाडी इलाकाहरुमा कुनै एउटा स्थानमा केन्द स्थापना गरेता पनि यातायात र बाटोघाटोको अवस्थाका कारण यो कार्यक्रम फस्टाउन सकेको छैन ।त्यसै पहाडि इलाकामा भन्दा आजसम्म विषेशत यी कार्यक्रमहरु तर्राईमा नै बढी प्रभावकारी देखिएको छ ।
त्यसैले अब यो कार्यक्रमलाई पहाडी इलाकामा पुर्याउनका निम्ति जोड दिन सरोकारवालाहरु जागरुक हुनु आवश्यक देखिन्छ । अब त देशमा माओवादी समस्याको समाधानोन्मुख भएकाले शायद यो कार्यक्रम पहाडी र तराई इलाकामा अझै विस्तार हुन सक्ने सम्भावना रहला कि !

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home