परदेशवाट जन्मभुमी चिहाउदा
- कुमार कार्की [25th January 2007]
आज अचानक ! मैले
मेरो जन्मभुमी संझे
मेरो वालपनका कृयाकलापहरु
आँखा भरि नाच्न थाले
त्यो श्रीदले डाँडावाट
प्ारि क्षितिजमा
पोाक्लावाङ्ग वजार नियालेको
अनि तमोर पारि फिदिम वजार
आँखाभरि टल्केको संझे
साँच्ची त्यो श्रीदलेमा
व्ानभोज खाँदाको क्षण
पानी पोखरीमा पौडि खेल्ने
असफल प्रयास गरेको थिए
म्याङ्गलुङ्ग वजारको सेरोफेरोमा हर्’कदैं
माथी तिनजुरे र हरिसेमा फुलेको
रातो लाली गुँरासलाई
मेरो अन्तस्करणमा सजाएको थिए ।
साँच्चि
तिनजुरेमा हिउ फुलेको वेला
चिसो सिरेटो सँग लुकामारी खेल्दै
क्हिले तमोर पुगेको हुन्थे
क्हिले विश्वासको सगरमाथा चढेको हुन्थे
तर आज
मेरो गुँरास म सँग छैन
मेरो वालपन म सँग छैन
मलाइृ दर्शन सिकाउने म्याङ्गलुङ्ग वजार
त्रि्रो सुन्दरता आगोका लप्काहरुले
चिथोरी चिथोरी कुरुप वनाई दियो
मेरो सम्पर्ुण्ा आस्था
त्यहि मेरो जनमभुमीलाई
त्यहि लालीगुँरासलाई
त्यहि खर्कका गोठ
घाँसी र गोठालालाई
जँहा मैले जीवन सिकेको छु
हत्तेरी !
म किन आज यति चाँडै
परिवर्तित भईछु
न त मलाई नागीमा फलेको वुकीले
तिरस्कार गरेको थियो
न त ति मधुर ध्वनि सहित वग्ने
खोलाहरुले अविश्वास गरेको छन् ।
Labels: Kumar Karki
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home