Ghazal
दुर्गा राई
खेल्नै पर्ने खेल रै’छ यो जिन्दगी, हारै हार किन न होस्,
हिड्नै पर्ने यात्र रै’छ यो जिन्दगी, धारै धार किन नहोस् ।
पतझड न भो आशा भरोसा, सबै सबै जिन्दगीमा,
झेल्नै पर्ने झेल रै’छ यो जिन्दगी, मारै मार किन नहोस् ।
हजुर ! एउटै मुटु यहाँ हजार चोटी दुखेकै छ, चस्केकै छ,
ठिकै छ, ! चोटै चोटले यो मुटु, वार नै पार किन नहोस् ।
आफ्नो संगै बिरानो भै छुटि्टनु यहाँ रिति रै’छ दुनियाँकै,
पबित्र यो चोखो मन भरि भरी, प्यारै प्यार किन नहोस् ।
अझै पनि खेलिरहेछु यो हारै हारको खेल, जित्ने आशा बिनै,
स्वीकार छ सबै हार जति, यस्तो खेल, बारै बार किन नहोस् ।
भोजपुर,
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home