भ्यागुताहरु गाउदैनन्
सकु थापा (भक्तपुर, नेपाल)
हिउँदमा सायद उनीहरुलाई
तुषारो बर्षाले खुसी पार्न सक्दैनन
बर्षादमा भ्यागुताहरुको गायनबाट
रमाएका किसान झैं
झन बर्षाद हुने आशामा
फुरुङ हुदै नाच्दै गाउदै हिडेका किसानहरु
लाग्छ तिनै हुन यी मेरी अवोध छोरी
भ्यागुता नगाए पनि फरक पर्ने छैन उनीमाथि
मात्र उनीसंग घुम छैन
हातमा बीउ छैनन्
रुखहरु नांगिएका छन्
उनीहरुलाई पनि शान्त लाग्दैन
हिउको उपस्थिति,
म त झनै निस्किन्न
कोठाबाट बिहानभरि
कठ्याङयाउने तुसारो
लटक्क जमेको छ ठाँटोसंग
झिक्दै खेल्दै
बुढी आमा अगेनाबाटै हकार्नुहुन्छ
आफ्नी नातिनीलाई-
ए, नानी नखेल न तुषारोसंग
हात खान्छ
हो, कलिला हातहरु अवश्य कठ्याग्रिन्छ
तै पनि उफ्दैछे मेरी छोरी तुसारोसंग
मकलमा आगो सेक्दा पनि
नबौरिएका औंलाहरु- बिहानभरि रुँदै
बुढी आमाले खुवाइदिएको खाना
औंला नचल्दा स्वाद पर्छ कि पर्दैन
अवोध बच्ची
विद्यालय बन्दले
गर्नुपर्ने गृहकार्य नगरी
घोक्नुपर्ने पाठ नहुदा
फुर्सदले कठ्याग्रिएका-
औंला, मन मस्तिष्क अनि भविष्य ।
भ्यागुता गाउ“दैनन
माछा शीत निद्रामा
विस्तराभित्रै म जोगिए, देश जोगिन्छ
लुक्छु विस्तराभित्रै
बाहिर तुषारो बर्षा भैरहेछ ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home