तिम्रो साथ
Issue 24 - Mangsir, 2063
Back to HOME
► Poem
By: Reecha Sharma Tiwari ( Reechu)
मैले जीवन खोज्दा तिमीलाई पाउने आशामा
आत्मीय साथहरु गुमाएँ
प्यारा रातहरु गुमाएँ
मिलनको मीठो क्षण पनि
मेरो लागि तीतो साबित भयो
तिमीसँग हाँस्न खोज्दा
आँसु बाहेक केही पाइँन
म
पल-पल रोइरहेँ
नितान्त
एक्लो मेरो भागमा
बेदना बाहेक केही परेन।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home